नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र

कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र

नक्टाझिज ,धनुषा

परिचय

जनकपुर अंचल कृषि विकास योजना ( जे.ए.डि.पी) नामले तत्कालिन श्री ५ को सरकार तथा मित्र राष्ट्र जापान सरकारको संयुत्त प्रयासवाट २०२९ साल मार्ग ७ गते ( २६ नोभेम्वर १९७१) मा संचालन भई २०२९ साल जेष्ठ महिनामा यस केन्द्रको कार्यालय जनकपुरधाममा स्थापना भयो । आवश्यक निर्माण कार्यहरु पुरा भए पछि २०३१ साल मार्ग १९ गतेका दिन कार्यालय जनकपुरधामवाट धनुषा जिल्लाको तत्कालिन नक्टाभिज गा.वि.स. वडा नं.१ (हाल मिथिला न.पा. वार्ड नं. २) मा सारियो । २०२८ साल मार्ग ७ गते देखि २०३१ साल मार्ग १८ गते (२६ नोभेम्वर १९७१ देखि २५ नोभेम्वर १९७४) सम्म यो केन्द्र तयारी अवस्थामा रहयो ।नेपाल सरकार तथा जापान सरकार बीच २०३१ साल कार्तिक २२ गतेका दिन (७ नोभेम्वर १९७४) ५ बर्ष अवधिको लागी संभौता भई कार्य संचालनको शुरुवात भयो र विभिन्न चरणमा २०६३।०६४ सम्म म्याद थप भई कार्यक्रम संचालनमा रह्‌यो । शुरु देखि हाल सम्म विभिन्न मितिहरुमा भएको निर्णयानुसार फरक फरक नामवाट ६ पटक नाम परिवर्तन भई आ.व. २०७५/०७६ बाट कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाभिजको नामवाट भूमिगत सिंचाई तथा कृषि विकासका आ.व २०४९/०५० बाट दातृ राष्टक जापान सरकारको (के.आ.ट्र) आर्थिक सहयोग तथा नेपाल सरकारको स्रोतबाट कृषि बिकासको कार्यक्रमहरु संचालन गर्दै आएको आ.व २०६४/६५ बाट यस कार्यलयको कार्यक्रमहरु नेपाल सरकारको स्रोतबाट संचालित छन्‌ ।कृषक वर्गको हकहित तर्फ चिन्तनशिल रही सिचिंत क्षेत्रको विस्तार गरेर उत्पादन तथा उत्पादकत्वमा बृद्धि, आय आर्जन तथा खाद्य सुरक्षामा टेवा, उन्नत कृषि प्रविधिको विस्तार तथा ग्रामीण स्तरमा रोजगारीको अवसर प्रदान गर्नुका साथै गरिवी न्युनीकरण समेतमा मदत गर्ने जस्ता कार्यक्रमहरु यस केन्द्रले प्याकेजको र थप पढ्नुहोस्

कार्यालय प्रमुख

श्री सरोज अधिकारी

कार्यालय प्रमुख

सूचना अधिकारी<br/>manojc2077@gmail.com<br/>9854030337

मनोज कुमार चौधरी

सूचना अधिकारी
manojc2077@gmail.com
9854030337

मुख्य प्रकाशनहरु

फोटो ग्यालरी