परिचय

जनकपुर अंचल कृषि विकास योजना ( जे.ए.डि.पी) नामले तत्कालिन श्री ५ को सरकार तथा मित्र राष्ट्र जापान सरकारको संयुत्त प्रयासवाट २०२९ साल मार्ग ७ गते ( २६ नोभेम्वर १९७१) मा संचालन भई २०२९ साल जेष्ठ महिनामा यस केन्द्रको कार्यालय जनकपुरधाममा स्थापना भयो । आवश्यक निर्माण कार्यहरु पुरा भए पछि २०३१ साल मार्ग १९ गतेका दिन कार्यालय जनकपुरधामवाट धनुषा जिल्लाको तत्कालिन नक्टाभिज गा.वि.स. वडा नं.१ (हाल मिथिला न.पा. वार्ड नं. २) मा सारियो । २०२८ साल मार्ग ७ गते देखि २०३१ साल मार्ग १८ गते (२६ नोभेम्वर १९७१ देखि २५ नोभेम्वर १९७४) सम्म यो केन्द्र तयारी अवस्थामा रहयो ।नेपाल सरकार तथा जापान सरकार बीच २०३१ साल कार्तिक २२ गतेका दिन (७ नोभेम्वर १९७४) ५ बर्ष अवधिको लागी संभौता भई कार्य संचालनको शुरुवात भयो र विभिन्न चरणमा २०६३।०६४ सम्म म्याद थप भई कार्यक्रम संचालनमा रह्‌यो । शुरु देखि हाल सम्म विभिन्न मितिहरुमा भएको निर्णयानुसार फरक फरक नामवाट ६ पटक नाम परिवर्तन भई आ.व. २०७५/०७६ बाट कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाभिजको नामवाट भूमिगत सिंचाई तथा कृषि विकासका आ.व २०४९/०५० बाट दातृ राष्टक जापान सरकारको (के.आ.ट्र) आर्थिक सहयोग तथा नेपाल सरकारको स्रोतबाट कृषि बिकासको कार्यक्रमहरु संचालन गर्दै आएको आ.व २०६४/६५ बाट यस कार्यलयको कार्यक्रमहरु नेपाल सरकारको स्रोतबाट संचालित छन्‌ ।कृषक वर्गको हकहित तर्फ चिन्तनशिल रही सिचिंत क्षेत्रको विस्तार गरेर उत्पादन तथा उत्पादकत्वमा बृद्धि, आय आर्जन तथा खाद्य सुरक्षामा टेवा, उन्नत कृषि प्रविधिको विस्तार तथा ग्रामीण स्तरमा रोजगारीको अवसर प्रदान गर्नुका साथै गरिवी न्युनीकरण समेतमा मदत गर्ने जस्ता कार्यक्रमहरु यस केन्द्रले प्याकेजको रुपमा संचालन गर्दै कृषि क्षेत्रमा अहम भूमिका निर्वाह गर्दै आईरहेको छ ।१९ हेक्टर जग्गा क्षेत्रफल रहेको यस केन्द्रमा आफ्‌नै कार्यालय भवन, स्टोर, वर्कशप, अतिथी गृह, कर्मचारी आवासका साथै अन्य भौतिक सुविधा सम्पन्न रहेको छ । केन्द्रको प्रभाव क्षेत्र मूख्य रुपमा धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला रहेकोमा आ.व. २०६६।०६७ देखि कोशी देखि नारायणी सम्मको तराईका ९ जिल्ला कायम गरिएको थियो । आ.व. २०७२।०७३ देखि तराईका बांकी १२ जिल्ला जिल्ला गरी जम्मा २१ जिल्लामा कृषक उपभोत्ताको मांगको आधारमा स्यालो तथा डिप ट्‌यूववेल जडान सेवा विस्तार गर्दै कृषकहरुको दिगो एवं समुन्नत विकास तर्फ लक्षित रहि काम गर्दै आईरहेको थियो । आ.व.२०७५/०७६ देखी भने यस केन्द्रको देश भरि नै कार्य क्षेत्र कायम भई भूमिगत जलस्रोतको उपयोग गरि सिचिंत क्षेत्र विस्तार गर्ने, कृषिमा आधुनिक प्रविधि र यन्त्रहरुको प्रयोग बढाउन तालिम तथा प्रसारका कार्यत्रमहरु संचालन गर्ने र साना तथा मभौला सिंचाई प्रविधि विस्तार गर्ने कार्यहरु शुरु भएका छन ।

ताजा जानकारी


स्यालो टयूववेल जडानको धरौटी फिर्ता सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

पुरा पढ्नुहोस्

Invitation for Online Bids

पुरा पढ्नुहोस्

Invitation for Bids for the AMPC

पुरा पढ्नुहोस्

डिप बोरिङ्ग जडान कार्यक्रम सञ्‍चालन मापदण्ड

पुरा पढ्नुहोस्

डिप टयूववेल जडान सम्बन्धि सुचना

पुरा पढ्नुहोस्