कार्यनीति

यस निकायको कामसंग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्था : 
भूमिगत जलस्रोत सिंचाई विकास कार्यत्रमहरु तथा जल व्यवस्थापन समबन्धी सम्पुर्ण कार्यहरु सिंचाई नीति २०७० अनूसार हूनेछ ।
सिंचाई सूविधाको अन्य कूनै स्रोत नभएको र भूमिगत जलस्रोतको उच्च संभावना भएको क्षेत्रमा संभाव्यता अध्ययनको आधारमा भूमिगत सिंचाई विकास कार्यक्रम संचालन गरिने छ । 
डिप टयुववेल सिंचाई विकास कार्यक्रम जल प्रबन्ध उपभोत्ता समितिको समन्वय एवं प्रत्यक्ष सहभागितामा संचालन हूने छ । 
डिप टयुववेल सिंचाई विकास कार्यक्रम संचालनका लागी सिंचाई नीति अनूरुप उपभोत्ता कृषकहरुले जनसहभागिता वापत कम्तीमा कुल लागतको ३ देखी २० प्रतिशत नगद वा जिन्सी वा श्रमदानको रुपमा व्यहोर्नू पर्नेछ ।
सरोकारवालाहरुको समन्वय, सहभागिता एवं सहकार्यमा केन्द्रले प्रभाव क्षेत्रमा प्रभावकारी जलउपयोग तथा व्यवस्थापनका लागि सिंचाई तथा सघन कृषि विकास कार्यक्रम संचालन गर्नेछ । 
प्रभाव क्षेत्रका कृषकहरुको सिंचाई तथा कृषि सम्बन्धी दक्षता एवं क्षमता अभिवृद्धि गर्ने कार्यक्रम जस्तै एकिकृत वाली तथा जल व्यवस्थापन तालिम, गोष्ठी, कृषक भ्रमण आदि संचालन गर्नेछ ।
केही डिप टयुववेल क्षेत्रलाई श्रोतकेन्द्रको रुपमा विकसित गर्न उपभोत्ताहरुको सहभागितामा कमाण्डक्षेत्रको योजना तर्जूमा, कार्यान्वयन एवं अनूगमन मुल्यांकन प्रणाली विकसित गरिर्दै लगिनेछ ।
भूमिगत जलस्रोतको कमाण्ड क्षेत्रमा संभाव्यता एवं उपभोत्ताको चाहना अनूरुप उच्च मुल्य पर्ने वालीहरुको प्रवर्द्धनमा विशेष जोड दिईनेछ । 

 

ताजा जानकारी


पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

पुराना बेकम्मा सम्पत्ति तथा मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्वानको सुचना

पुरा पढ्नुहोस्

आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

स्यालो टयूववेल जडानको धरौटी फिर्ता सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

पुरा पढ्नुहोस्

Invitation for Online Bids

पुरा पढ्नुहोस्